१२ बैशाख २०८१, बुधबार

तीन मुक्तकः काेराेना कहर, विदेशबाट घर फर्कनेकाे रहर र सरकारकाे पहलसम्म

प्रकाशित मिति :  25 May, 2020 10:57 am


 ***
जताततै औषधीकाे अभाव छ
सीमानामा छिमेकीकाे दवाव छ
यतिसम्म हुँदा पनि सरकारकाे
मात्र ‘पहल हुदैछ’ भन्ने जवाफ छ ।।

***

माया लागेर मात्र के गर्नु भेट्न पाइँदैन
आशा जागेर मात्र के गर्नु भेट्न पाइँदैन
आज भाेली त काेराेना कहर छ हजुर
सीमा नागेर मात्र के गर्नु भेटन पाइँदैन ।।

***

दिन थियाे हात मिलाउदै अंकमाल गर्ने
एका एक भयाे मान्छे सँग डराउनु पर्ने
समय काल परिस्थितिलाई बुझ्नै पर्याे
कसलाई हुन्छ हाेला रहर अकालमै मर्ने ।।

***

✍️तारस घिमिरे



प्रतिक्रिया दिनुहोस !