२१ कार्तिक २०८१, बुधबार

रविलाई पक्राउ गरेको भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन

प्रकाशित मिति :  25 October, 2024 3:33 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको माईतीघरमा बिरोध प्रदर्शन गरेको छ ।

शुक्रवार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको हो ।

बिरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरूसम्म सहभागी बनेका थिए । सभापति लामिछानेमाथि सहकारी गठी र सम्पती शुद्धिकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ ।

आजदेखि काठमाडौँमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरूले बताएका छन् । उनीहरूले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकार बिरोधी नारा लगाइ बिरोध जनाएका हुन् 



प्रतिक्रिया दिनुहोस !