२१ कार्तिक २०८१, बुधबार

कतारबाट फरार व्यक्ति पक्राउ, रेड नोटिसका आधारमा नेपाल फिर्ता

प्रकाशित मिति :  29 October, 2024 1:51 pm


काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेका भोजपुरका फरार व्यक्ति गजेन्द्र वान्तवा राईलाई कतारबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।

एनसिबी दोहाको सहयोगमा पक्राउ परेका वान्तवालाई मंगलबार नेपाल ल्याएर कानूनी प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।उनी झापा मेचीनगर नगरपालिका वडा नम्बर ११ की ४८ वर्षीया सर्मिला तामाङको हत्या घटनामा संलग्न रहेको आरोपमा फरार रहेका थिए।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्न इन्टरपोलसँग समन्वय गरी सन् २०२४ सेप्टेम्बर १७ मा रेड नोटिस जारी गरेको थियो। यस आधारमा वान्तवालाई पक्राउ गर्न सफल भएको इन्टरपोल शाखाले जानकारी दिएको छ। नेपाल फर्काइएका वान्तवालाई इलाका प्रहरी कार्यालय धुलावारी झापामा बुझाइएको छ।



प्रतिक्रिया दिनुहोस !