२४ मंसिर २०८१, सोमबार

अर्घाखाँची दुर्घटनाका घाइतेहरुको उपचारमा कुनै कमी हुने छैन-मुख्यमन्त्री

प्रकाशित मिति :  4 November, 2024 9:17 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची भुमिकास्थान नगरपालिका वडानम्वर ६ खिल्जीमा सोमबार दिउँसो भएको दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।

प्युठानबाट आएको बसले तिहारको भैलोमा रमाएका भैलेहरु र दर्शकलाई ठक्कर दिएको घटनाले दु:खी र स्तब्ध बनाएको बताएका छन् ।

घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने बताए । दुर्घटनामा मृत्यु भएकाप्रति मुख्यमन्त्री आचार्यले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

दुर्घटनाबारे सत्य तथ्य पत्ता लगाउन समेत मुख्यमन्त्री आचार्यले प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !