२२ बैशाख २०८१, शनिबार

चौरजहारी घटनाबारे प्रतिनिधि सभामा हंगामा, सभामुखले भने,‘ सम्हालिनुस्स! सम्हालिनुस् !!’

प्रकाशित मिति :  26 May, 2020 1:30 pm


काठमाण्डौं, १३ जेठ । 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्द्धन शर्माले रूकुम पश्चिमको चौरजहारी घटनाबारे बोल्दा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले होहल्ला गरेका छन् । तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले होहल्ला गरेका हुन् ।

सुरुमै प्रतिपक्षी सांसदहरू उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद् मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए। उनले घटना दलित समुदायमाथिको हिंसा भएको र संसदीय छानविन समितिको माग गरे ।

त्यहीबीचमा रूकुम पश्चिमका सांसद शर्माले आफूले घटनाबारे बोल्न चाहेको भन्दै समय मागेका थिए । सापकोटाले शर्मालाई समय दिए। सांसद शर्माले घटनालाई राजनीतिक दबाबका आधारमा कुनै दबाब नहुने बताएलगत्तै शर्माविरूद्ध कांग्रेस सांसदहरूले होहल्ला गरेका हुन्।

शर्माले भने,‘ म रूकुम पश्चिमको जनप्रतिनिधि भएकोले बोल्न पाउनु पर्छ । त्यहाँका दलितको पनि म प्रतिनिधि हो । बोल्न पाउनु मेरो अधिकार हो । ’ आफू बोल्दै गर्दा कांग्रेसका सांसदले होहल्ला गरेपछि सांसद शर्माले आपत्ति जनाए । हो हल्ला भएपछि सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक भने,‘ सम्हालिनुस् सम्हाल्निुस् ।’

कांग्रेस सांसदहरूको हल्लाबीच शर्माले आफ्नो भनाइ राखेका थिए ।  रूकुम पश्चिम चौरजहारी नगरपालिका—८ मा दलित केटा र गैरदलित केटीबीच प्रेमका कारण भएको घटनामा  जाजरकोटका वराज बिकसहित ३ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।



प्रतिक्रिया दिनुहोस !