२४ मंसिर २०८१, सोमबार

गलत हर्कत गरे सत्तारुढ दलकै भएपनि सरकारले कसैलाई छोड्दैनः सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति :  11 November, 2024 5:10 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् ।

सोमवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासको जवाफ दिँदै उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताएका हुन् ।

उनले समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको पनि बताए ।सञ्चारमन्त्री गुरुङले गलत प्रवृत्ति नियन्त्रणमा सरकार गम्भीरताका साथ लागेको बताए ।



प्रतिक्रिया दिनुहोस !