२१ बैशाख २०८१, शुक्रबार

संविधान संसोधनका लागि अहिले कुनै सर्त नराख्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  26 May, 2020 9:30 pm


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक । फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाण्डौं, १३ जेठ । 

प्रधानमन्त्री के.पी.शर्मा ओलीले देशको भौगोलिक अखण्डता,सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दललाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले नेपालको नयाँ नक्शासहितको निशान छाप परिर्वतनका लागि हुने संविधान संसोधनमा कुनै सर्त नराख्न आग्रह गरेका हुन् ।

झण्डै करिब ३ घण्टा भएको छलफलमाबारे जानकारी दिदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन्,‘ देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष प्रधानमन्त्रीज्यूले जोड दिनुभएको   छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले वार्ता र कूटनीति नै यस समस्याको समाधान गर्ने एक मात्र उपाय भएको पनि उल्लख गरेका छन् । सल्लाहकार थापाका अनुसार संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्शा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले बैठकमा विशेष अनुरोध गरेका थिए ।

लिम्पियाधुरा,कालापानी, लिपुलेकसहितको नयाँ नक्शा जारी गरेको सरकारले निशासन छाप परिवर्तनका लागि संसदमा विधेयक दर्ता गराएको छ ।



प्रतिक्रिया दिनुहोस !