१९ मंसिर २०८२, शुक्रबार

उपनिर्वाचन शंकास्पद व्यक्तिलाई प्रवेश निषेध गर्न आयोगको निर्देशन

प्रकाशित मिति :  28 November, 2024 3:05 pm


काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

आयोगको बिहीबार विज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरुलाई चुनाव हुने स्थानीय तहमा शंकास्पद व्यक्तिको प्रवेश निषेध र उनीहरुको गतिविधिमा उच्च निगरानी राख्न सरकारकारलाई निर्देशन दिएको छ ।

जारी विज्ञप्तीमा, ‘उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवं शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्का लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न नेपाल सरकार गृह मन्त्रालय मार्फत निर्देशन दिइएको छ’, भनिएको छ ।

निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न आयोगले निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस !