२४ मंसिर २०८१, सोमबार

आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन्ः मन्त्री लेखी

प्रकाशित मिति :  28 November, 2024 3:54 pm


काठमाडाैँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन छ भन्ने अनुभुति गर्न नसकेको बताएका छन्।

बिहीवार जनकपुरमा मधेस प्रदेशमा लैंगिक समानताको सवालबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भएपनि प्रहरी प्रशासनको उपस्थिति रहेको महशुस आम नागरिकले गर्न नसकेको बताएका हुन्। उनले कार्यालय समयमा प्रहरीहरु निदाएर बसेको आफूले विभिन्न जिल्लाको अनुगमनका क्रममा भेट्टाएको बताए । आफू सशस्त्र प्रहरीको काम कर्तव्यबाट असन्तुष्ट रहेको बताए ।

उनले लैंगिक हिंसाको अन्त्य गर्नका लागि सुरक्षा निकायको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । लैंगिक हिंसा अन्त्य, दाइजो प्रथा, बालविवाह अन्त्यका निम्ति र समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय त्यत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !