२२ मंसिर २०८१, शनिबार

सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य

प्रकाशित मिति :  28 November, 2024 4:52 pm


काठमाडाैँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

सत्तारुढ दलहरू, राजनीतिक व्यवस्था र राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश बढदै गएकाले त्यसको विकल्पको खोजी गर्ने अवस्था पैदा भएको उनको जिकिर थियो । बिहीवारबाट काठमाडौँमा सुरू भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले मुलुकमा क्रान्तिका लागि पस्थिति अनुकुल बन्दै गएको दाबी समेत गरे ।

उनले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन हालका लागि कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गरे। संयोजक वैद्यले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले लिने पनि बताए । संयोजक वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीहरूले मुलुकलाई संकटको डिलमा पुर्‍याएको समेत बताए । 



प्रतिक्रिया दिनुहोस !