२२ मंसिर २०८१, शनिबार

कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्ण छः कृषिमन्त्री अधिकारी

प्रकाशित मिति :  29 November, 2024 12:09 pm


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पुर्‍याएको बताएका हुन्। उनले पशुपालन क्षेत्रले लाखौं नेपालीको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको भएपनि चुनौतिबाट टाढा रहन नसकेको बताए ।

उनले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको उल्लेख गरे । बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतिहरुले जटिलता थप्दै गएको उनको भनाइ छ । उनले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवद्र्धन गर्न सहयोग गरेको बताए ।

“पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पुर्‍याएको छ । यस क्षेत्रले लाखौं नेपालीहरुको विजिकोपार्जनमा महत्वपूर्ण भुमिका खेलेको छ । यद्यपि यस क्षेत्रले उपयुक्त पोषण प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको छ । त्यसका अतिरिक्त बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने जुनैटिक रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीहरुले जटिलता थपेका छन् । यस सन्दर्भमा एफएओ नेपाल हाम्रो महत्वपूर्ण साझेदार बनेको छ,” उनले भने ।

पशुबाट मानिसमा सर्ने रोगहरूको चुनौतिको सामना गर्दै भविष्यका लागि एक दिगो र सक्षम पशु स्वास्थ्य प्रणाली आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !