२४ मंसिर २०८१, सोमबार
लुम्बिनी बहस

भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  29 November, 2024 1:33 pm


काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

बिहीवार टक्सार म्यागजिन, न्युज एजेन्सी नेपाल र लुम्बिनी चेम्बर अफ कमर्ससहितका संस्थाले ‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यशाला गोष्टीमा  बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताएका हुन् ।

उनले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडी नहट्ने बताए । उनले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण,भिषा र श्रम स्वीकृत लुम्बीनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताए । उनले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध रहेको बताए ।

उनले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिषा स्वीकृतको लागि सम्बन्धित निकायहरूमा पहल गर्ने प्रतिवद्धता जनाए । उनले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।

“सरकार भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालन गर्न प्रतिवद्ध छ । नेपाल सरकारले विमानस्थल सञ्चालनको लागि केही काम तत्काल अगाडि बढाउन जरुरी छ । सरकारले भैरहवाबाट स्वास्थ्य परिक्षण तत्काल अगाडि बढाउनुपर्छ । श्रम स्वीकृत लुम्बिनीबाट गर्न जरुरी छ । भिषा लगाउने काम पनि लुम्बिनीबाट गर्न जरुरी छ । तीन काम लुम्बीनीबाट सञ्चालन हुने हो भने यात्रुहरूको कमी हुँदैन । नेपाल सरकारले तत्काल गर्नुपर्छ । त्यसको लागि सम्बन्धित निकायहरुमा पहल प्रदेश सरकारले गर्ने प्रतिवद्धता गर्दछु । लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ,” उनले भने ।

उनले लुम्बीनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरू दिल खोलेर लगानी गर्न आग्रह गरे । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरू उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिएको भन्दै शेयर बजारमा केन्द्रित लगानीले देश विकास हुन नसक्ने दाबी गरे । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !