२४ मंसिर २०८१, सोमबार

रवि लामिछानेको आजको बयान सकियो

प्रकाशित मिति :  29 November, 2024 4:44 pm


काठमाडाैँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रवार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । आइतवार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान सकिएको बताइएको छ ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेबिरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उहाँलाई बिहीवार साँझ काठमाडौँ ल्याइएको थियो । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !