२४ मंसिर २०८१, सोमबार

मौद्रिक नीतिको आगामी निर्देशन र समीक्षाबाट वस्तुपरक नीति र उपायहरु अवलम्बन हुने सिबिफिनको अपेक्षा

प्रकाशित मिति :  29 November, 2024 4:57 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को धारणा रहेको छ ।

मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पु¥याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको परिसंघले ठानेको हो ।

परिसंघले विज्ञप्ती जारी गर्दै भनेको छ, “मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरु कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरुको खराव/निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररुपमा बृद्धि भइरहेको, अपेक्षाकृतरुपमा कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरुले समेत गति लिन नसकिरहेको, आन्तरिक मागमा कमी आइरहेको, सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको र निजी क्षेत्रको मनोबल समेत खस्किरहेको वर्तमान परिस्थितिकावीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरुलाई नीतिगत सम्बोधन गर्नुपर्ने अवस्थामा विगत कै कार्यदिशालाई मात्र निरन्तरता दिइनुले मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र आर्थिक क्रियाकलापहरुले आशातितरुपमा गति नलिने हो कि भन्ने चासो बढाएको छ ।”

बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको र सार्वभौम साख मूल्याङ्कनमा नेपालले हालैमात्र प्राप्त गरेको सन्तोषजक नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पृँजी परिचालनको लागि ठूलो अवसर सृजना भएको अनुकुल अवस्थालाई हृदयगंम गर्दै नेपाल राष्ट्र बैंकबाट आगामी त्रैमासिक समीक्षा मार्फत थप सहज नीति र उपायहरु अवलम्बन गर्ने भन्नेमा परिसंघले विश्वास व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !