५ जेष्ठ २०८१, शनिबार

सीमा तनावबीच नेपाली सेनाको पहिलो विज्ञप्ति: भारतीय मिडियाले प्रोगाण्डा फैलायो

प्रकाशित मिति :  29 May, 2020 9:28 am


काठमाण्डौं, १६ जेठ ।

नेपाली सेनाले भारतीय मिडियाले नेपाली सेनाप्रति गलत भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै हिन्दूस्थान टाईम्स र टिएफआईपोष्ट डट.कम. मा प्रकाशित समाचार प्रति सेनाले गम्भीर ध्याकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा सेनाले,‘राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनासय’ भनेको छ । सेनाले भनेको छ,‘ नेपाली सेनाप्रति लक्षित यस प्रकारका अफवाहहरुमा विश्वास नगर्न आम पाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ ।’

सेनाले नेपालको संविधान अनुसार नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालन गर्न कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौं भनेको छ । सेनाले आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल,नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस प्रकारका अफवाहरु फैलाउन प्रयासहरु हुनसक्ने भएकाले सचेत र सजग रहन नेपाली सेनाले अनुरोध गरेको छ ।

विज्ञप्तिमा सेनाले भनेको छ,‘ उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐहिासिक सम्बन्ध भएका दुइ सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुराउने उद्देश्यबाट प्रेरित रहेको देखिन्छ ।’

नेपाल र भारतबीच सीमा तनाव बढेका बेला भारतीय सेना प्रमुखले तेस्रो पक्षको उक्साहटमा नेपालले नयाँ नक्शा जारी गरेको आरोप लगाएका थिए । यसै विषयसँग जोडेर भारतीय मिडियामा समाचार प्रकाशित भएको   थियो । जेठ १४ गते भारतको हन्दूस्तानटाईम्स डट.कम मा . ‘In huge setback to PM Oli,Nepal’s new political map hits, शिर्षकमा र जेठ १५ गते टिएष्फआई पोष्ट मा Oli ordered Nepal Chief Of Army to rebut Indian Army  Chief’s remarks, the Nepalese General said’No thanks‘ शिर्षकमा समाचार छापिएपछि सेनाले यसलाई भ्रामक,दुरासयपूर्ण,काल्पनिक तथा निराधार समाचार भनेको छ ।



प्रतिक्रिया दिनुहोस !