५ जेष्ठ २०८१, शनिबार

रोल्पाका स्थानीय पालिकालाई २ अर्ब ८५ करोड रुपैयाँ अनुदान,कसले कति पाए ?

प्रकाशित मिति :  29 May, 2020 2:58 pm


काठमाण्डौं, १६ जेठ ।

संघीय सरकारबाट रोल्पाको नगरपालिका र गाँउपालिकाले २ अर्ब ८५ करोड ३ लाख रुपैयाँ अनुदान पाएका छन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ परिच्छेद—४ मा उल्लेखित मापदण्ड अनुसार दिइएको चारवटा अनुदान शीर्षकमा अन्तर्गत रोल्पा नगरपालिकाले ३९ करोड २५ लाख रुपैयाँ अनुदान पाएको छ । गाँउपालिका तर्फ सबैभन्दा धेरै सुनिल स्मृति गाँउपालिकाले ३४ करोड ६२ लाख रुपैयाँ अनुदान पाएको छ भने सबैभन्दा कम सुनछहरी गाँउपालिकाले २० करोड ९० हजार रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

रुन्टीगढी गाँउपालिकाले ३२ करोड ६३ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै त्रिवेणी गाँउपालिकाले ३१ करोड ४० हजार रुपैयाँ,परिवर्तन गाँउपालिकाले २९ करोड ४८ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।

त्यस्तै गंगादेव गाँउपालिकाले, २५ करोड ६० लाख, लुंग्री गाँउपालिकाले २४ करोड ९८ लाख रुपैयाँ, थवाङ गाँउपालिकाले २४ करोड ५५ लाख, माडी गाँउपालिकाले २१ करोड ९८ लाख रुपैयाँ अनुदान पाएका छन् ।

संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरेर चार शिर्षकमा अनुदान दिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !