२३ बैशाख २०८१, आइतबार

विद्युत महसुलमा झण्डै ८ अर्ब रुपैयाँ छुट हुँने

प्रकाशित मिति :  29 May, 2020 6:14 pm


काठमाण्डौं, १६ जेठ । 

सरकारले आउँदो आर्थिक बर्षमा मात्रै झण्डै ८ अर्ब रुपैयाँ बराबरको विद्युत महसुल छुट दिने भएको छ । यसअघि गरिएको निर्णयलाई सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेट मार्फत कार्यान्वयनमा ल्याएको हो ।

सरकारले घरायसी प्रायोजनका लागि १० युनिटसम्म निशुल्क,१ सय ५० युनिटसम्मलाई २५ प्रतिशत र २ सय ५० युनिटसम्मलाई १५ प्रतिशत शुल्क छुट दिने छ ।

यस्तै विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने, सिंचाई र खानेपानीलाई विद्युत महसुल नै ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । बजेटपछि आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थ मन्त्री डा. युवराज खतिवडाले भने,‘ यि सबै कुराहरु गर्दा गर्दा झण्डै ८ अर्ब रुपैयाँको छुट त विद्युतमा मात्रै पाउन सक्ने स्थिति हुन्छ ।’

कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरूको लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध बजेटमा छ । मुलुकमा कोरोना संकट बढेसँगै उर्जा वर्षमान पुनले मन्त्रालयको तर्फबाट विद्युत महसुल छुटको प्रस्ताव गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !