२३ बैशाख २०८१, आइतबार

कोरोना संकटका कारण भोकभरी ठूलो खतरा हुनसक्छ : सांसद पुन

प्रकाशित मिति :  29 May, 2020 9:25 pm


रुपन्देही, १६ जेठ ।

रोल्पाबाट प्रदेश-५ का प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगरले कोरोना संकटका कारण भोकभरी ठूलो खतरा हुनसक्ने औंल्याएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथी छलफल भाग लिँदै सांसद पुन्ले महारीसँग जोडिएर आउने भोकमरी भएको भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

उनले कतिपय देशमा लकडाउन विरुद्ध प्रर्दशन भएको समेत स्मरण गराए । उनले लकडाउन मानिसका लागि भएपनि पालना नभएको बरु अर्थप्रणाली रोकिएको बताए ।

उनले भने,‘ यो लकडाउनको परिभाषा के हो ? लकडाउन मान्छेलाई हो कि अर्थतन्त्रलाई हो ? तर यो त मान्छेलाई भएन अर्थतन्त्रलाई भयो । अर्थतन्त्र बन्द छ मान्छे आइरहेका छन् ।’ उनले जीवनलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा सोंच्नुपर्ने बताए ।

प्रदेश सरकाले ‘समृद्ध प्रदेश खुशी जनता’को नारा ल्याएपनि यो अब परिवर्तन हुन सक्ने पुनको धारणा थियो । सांसद पुनले केन्द्रले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको र प्रदेशले ‘समृद्ध प्रदेश खुशी जनता’को नारा लिएको भन्दै यसको आधार के हो भनेर ब्याख्या गरे ।

१ सयदेखि ७ सय प्रतिशतसम्म भन्सार कर लगाउने र विप्रेषणले यो सपना देखिएको भन्दै कोरोना संकटपछि सम्भव छ भन्दै प्रश्न गरे ? भोलीका दिनमा एक छाक खान पाउनुपनी सुशी र समृद्धी हुने दिन आउन सक्ने बताए ।

सांसद पुनमगरले सरकारको नीति तथा कार्यक्रमले उपभोक्तावादी शैलीलाई नियन्त्रण गरेर आत्मनिर्भरको बाटोमा जान मार्ग दर्शन गरेको बताए । नीति तथा कार्यक्रम सकारात्मक भएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !