२६ बैशाख २०८१, बुधबार

विश्व कोरोना संकटसँग जुधिरहेका बेला डब्लुएचओबाट बाहिरिने अमेरीकाको घोषणा

प्रकाशित मिति :  30 May, 2020 7:50 am


काठमाण्डौं, १७ जेठ ।

अमेरीकाले विश्व स्वास्थ्य संगठन(डब्लुएओ)बाट अलग हुँने घोषणा गरेको छ । डब्लुएचओ चीनको कठपुतली बनेको र कोरोना रोक्न नसकेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरीका अलग हुँने घोषणा गरेका हुन् ।

नेपाली समय अनुसार गएराति भएको पत्रकार सम्मेलनमा भनले भने,‘हामीले डब्लुएचओमा व्यापक सुधारको अनुरोध गरेका थियौं तर यसप्रति कुनै कदम चालिएन । आजदेखि हामीले विश्व स्वास्थ्य संगठनसँग आफ्नो सम्बन्ध तोड्न गइरहेका छौं । अमेरीकाले यो कोष विश्वका जनस्वास्थ्यका लागि प्रयोग गर्ने छ । डब्लुएचओ पुरै चीनको नियन्त्रणमा छ जबकि उसले अमेरीकाको तुलनामा निर्क कम अनुदान दिन्छ ।’

अमेरीकी राष्ट्रपतिले पछिल्लो पटक ३० दिनभित्र डब्लुएचओभित्र सुधार नभए स्थायी रुपमै कोष दिन बन्द गर्ने चेतावनी दिएका थिए । डब्लुएचओले गरेको गल्तिको मूल्य पुरै दुनियाँलाई चुकाउनु परेको उनले आरोप लगाएका थिए ।

डब्लुएचओले आफ्नो माग अनुसार कुनै सुधार नभएको राष्ट्रपति ट्रम्पको आरोप छ । ट्रम्पले भने,‘जब चीनमा पहिलो पटक भाइरस भेटियो तर सूचना लुकाईयो । चीनले पनि पारदर्शिता अपनाएन । चीन डब्लुएचओ को हरेक बर्ष जम्मा चार करोड डलको अनुदान दिन्छ तर पुरै नियन्त्रण जमाएको छ । ’ अमेरीकाले ४५ करोड डलर अनुदान दिंदै आएको थियो ।

राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघमाथी पनि लगातार प्रश्न उठाउँदै आएका छन् । ट्रम्प सत्तामा आएपछि अमेरिका फस्र्ट को नीति आक्रमक ढंगले अपनाउँदै आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सत्तामा आएलगत्तै उनले संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्, यूएनको सांस्कतिक एजेन्सी युनेस्कोबाट अमेरीकालाई अलग गरेका थिए ।

यतिबाट मात्रै होईन ट्रम्पले जलवायु परिवर्तन सम्झौता र ईरानसँग परमाणु सम्झौता तोड्ेका थिए । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अलग हुँने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !