२ फाल्गुन २०८२, शनिबार

सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिकाे धनी प्रदेश हाे:मन्त्री पाण्डे

प्रकाशित मिति :  30 December, 2024 5:31 pm


काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएकाे उद्घाेष गरेका छन् ।

सुदूरपश्चिम कलाकार समाजद्वारा आयाेजित पुस १५ विविध सांस्कृतिक कार्यक्रममलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने,”सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिले धनी प्रदेश हाे। यहाँकाे कला क्षेत्रलाई मुलधारमा ल्याउन सफल कलाकारहरू प्रति उच्च सम्मान छ।दूरदराजमा रहेका हाम्रा भाषा,संस्कृतिलाई मूूलधारमा ल्याउने तपाईंहरकाे भूमिका महत्त्वपूर्ण छ।”

उनले पुस १५ लाई सुदूरपश्चिमले ठुलाे पर्वकाे रूपमा मनाउने गरेकाे स्मरण गर्दै यसपर्वलाई रात छाेटा र दिन लामा हुनुका साथै चिसाे माैसम अन्त्य भएर न्यायाे माैसमकाे सुरूवातकाे रूपमा मनाउने गरेकाे बताए ।

मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहनतका कारण दूरदराजका कला संस्कृतिहरूकाे उजागर र संरक्षणमा टेवा पुगकाे बताए । उनले सुदूरपश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नाे क्षेत्रका विविध पक्षकाे उजार गर्ने गरेकाे समेत बताए । उक्त समाराेहमा देउडा सम्राट एवम् नेपाली राष्ट्रिय गान छनाैट समितिका सदस्य नन्दकृष्ण जाेशी लगायतका दर्जनाैँ कलाकारहरूले आफ्नाे प्रस्तुति ,छलिया नाच,देउडन नाच समेत प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !