१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति विक्रमासिङ्घे बिच भेटवार्ता

प्रकाशित मिति :  2 January, 2025 12:29 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो ।

भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् ।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन् ।



प्रतिक्रिया दिनुहोस !