सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युको भुकम्प
प्रकाशित मिति : 2 January, 2025 1:53 pm
काठमाडौं । सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोकआसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।








