५ फाल्गुन २०८२, मंगलबार

बाल गायक सचिनको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  2 January, 2025 4:27 pm


काठमाडौँ । बाल गायक सचिन परियारको निधनको खबरले प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गर्दै बाल गायक सचिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले पारिवारिक बेमेल र सामाजिक सञ्जालमा भाइरल प्रवृत्तिले पारेको प्रभावलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। उनले यस्तो घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर प्रतिक्रिया दिनुपर्ने पाठ सबैलाई सिकाएको बताए।

परियारक महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा आज बिहान करिब १०ः४९ बजे निधन भएको निमोनियाका कारण निधन भएको थियो ।

बाल गायक परियार बाल्यकालमै आफ्नो गायक प्रतिभाका कारण चर्चामा आएका थिए । सचिनले म्युजिक भिडियो र हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !