देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको घुइँचाे
प्रकाशित मिति : 14 January, 2025 12:06 pm
काठमाडाैँ । तनहुँको देवघाट धाममा मकर संक्रान्ति स्नान सुरू भएको छ ।
मंगलवार बिहानै माघी स्नानको लागि भक्तजनहरुको देवघाटधाममा भीड रहेको छ । नारायणी नदीमा स्नान गरी फर्किनेहरुको भीड देख्न सकिन्छ ।
विभिन्न स्थानबाट मकर संक्रान्ती स्नानका लागि देवघाट पुगेका दर्शनार्थीहरू बिहानै देवघाटमा स्नान गरी फर्किन थालेका छन् । सोमवार नै स्नानका लागि दर्शनार्थीहरु देवघाटधाम पुगेका थिए ।








