२७ माघ २०८१, आइतबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाङमा

प्रकाशित मिति :  24 January, 2025 11:00 am


दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ आई पुगेका छन् ।
उनले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुँदै छन् । अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ।

अध्यक्ष प्रचण्ड दाङ पुग्दा उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इन्चार्ज चक्रपाणी खनाल, स्थायी समिति सदस्य रेखा शर्मा, जिल्ला इन्चार्ज निर्मल आचार्यलगायत नेताहरुले स्वागत गरेका थिए । अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कने छन्।



प्रतिक्रिया दिनुहोस !