२७ माघ २०८१, आइतबार

माओवादी प्रमुख सचतेक पाण्डेको आरोपः काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउँछौँ भने

प्रकाशित मिति :  28 January, 2025 2:28 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गरेकाे भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको बताएका हुन् । उनले अध्यादेशबाट सरकार चलाउने कुरा जनता र विपक्षी दलहरुको लागि महत्वपूर्ण रहेको बताए ।

“मन्त्रीज्युले सरकारको आवश्यकता भएकाले अध्यादेश ल्यायौँ भन्नुभयो । त्यसपछि सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक मान्यज्युले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो । मैले प्रतिप्रश्न गरेँ । यसअघि पनि संसद विघटन भएकै हो । अहिले ६ वटा त आएकै छ । त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुप¥यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो । यो जनता, विपक्षीहरुको लागि महत्वपूर्ण हो । यो संसदमा गम्भीर ढंगले प्रश्न उठाउँछौँ,” उनले भने ।

प्रमुख सचेतक पाण्डेले अध्यादेशको बारेमा प्रमुख प्रतिपक्ष दलले संसदमा गम्भीर ढंगले आवाज उठाउने बताए ।



प्रतिक्रिया दिनुहोस !