२७ माघ २०८१, आइतबार

स्याङ्जामा लागुऔषधसहित एक जना पक्राउ

प्रकाशित मिति :  28 January, 2025 3:09 pm


काठमाडाैँ । स्याङ्जा प्रहरीले नियन्त्रित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। माघ १४ गते राति करिब ९ बजेको समयमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ स्थित बसपार्क क्षेत्रमा सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख.३७४२ नम्बरको हाईस गाडीमा सवार १९ वर्षीय अंगत सेन्चुरीलाई नियन्त्रणमा लिएको हो। सेन्चुरी रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१३, देवकोटाचोकका स्थायी बासिन्दा हुन्।

प्रहरीले सेन्चुरीको साथबाट नाइटारभेट-१० नामक २० पत्ता (३०० ट्याब्लेट) नियन्त्रित लागुऔषध बरामद गरेको जनाएको छ।प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलका अनुसार लागुऔषध नियन्त्रण सम्बन्धी कानून उल्लंघनको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !