१६ आश्विन २०७९, आइतबार

आज विश्व दूध दिवसः यस्ता छन् दूध तथा दुग्ध पदार्थ सम्बन्धि तथ्यहरू

प्रकाशित मिति :  1 June, 2020 10:14 am


लक्ष्मी ज्ञवाली

काठमाडाैं, १९ जेठ ।

आज जून १  अर्थात् विश्व दूध दिवस, विश्वभर याे दिवस मनाइँदैछ । नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाइदै आइएकाे दुध दिवसलाइ कृषि प्रधान मुलुककाे नाताले प्राथमिकतासाथ बनाइदै आइएकाे छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतकाे राष्ट्रिय दुग्ध विकास बाेर्ड, पशु सेवा विभाग र नीजि क्षेत्रका केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एशाेसिएसन, डेरी उद्याेग संघ लगात संघसंस्था तथा कार्यालयले साेमबार देशभरी दिवस मनाइरहेका छन् । बाेर्डकाे संयाेजकत्वमा ललितपुरकाे हरिहर भवनमा र सातै प्रदेशमा याे दिवस मनाइदैछ ।

संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (एफएओक) काे नेतृत्वमा सन् २००१ देखि विश्व दूध दिवस मनाउन थालिएकाे हाे । दुध तथा दुग्ध पदार्थ उपभोगमा सवैको पहुच पुर्याउन, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गरि जनचेतना जगाउन, दूध तथा दुग्ध पदार्थको उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चितता गराउन र दूधको महत्वको वारेमा जानकारी गराउने उद्देश्यले नेपालमा पनि विगत ९ वर्षअघिदेखि याे दिवस मनाउन थालिएकाे हाे ।

विश्व दूध दिवस जुन १, २००१ वाट र सन् २०११ बाट मनाउन शुरु गरिएको दूध दिवसकाे याे वर्षकाे दूध दिवस विश्वले लकडाउमै मनाउदैछ । अन्तराष्ट्रिय डेरी फेडेरेसन (आइडीएफ) ले आज भर्चुअल ‘राइज अ ग्लास’ कार्यक्रम आयाेजना गर्दैछ। नेपालमा ‘नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं’ नाराका साथ दिवस मनाइदैछ । नेपालमा दुग्ध सहकारी र डेरी उद्याेगीहरूले विशेष प्राथिमकता दिएस दुध दिवस मनाएकाे पाइन्छ ।

विगतदेखि सप्ताहव्यापी रूपमै दिवस मनाइएकाे पाइन्छ । यसैबीच विश्व दूध दिवसकाे अवसरमा नेपाल डेरी एसोसिएसन बागमति प्रदेशको बौद्ध, जोरपाटी शाखाद्वारा विश्व दुध आइतबार जोरपाटी स्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रद्वारा संचालित होस्टलमा रहेका करीब १५० जनालाई खीर खानको लागि ८० लिटर दुध, चामल र चिनी केन्द्रिय महासचिवबाट प्रल्हाद दाहालज्यूबाट हस्तान्तरण गरिएकाे छ । संघले यसअघि नै भर्चुअल वैठक बसेर आआफ्नाे अनुकुलतामा दिवस मनाउने निर्णय गरेकाे थियाे ।

नेपालमा दुग्ध उत्पादनक सम्बन्धि तथ्यहरुः

कृषि प्रधान मुलुक नेपालमा ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् भने कुल ग्राहस्र्थ उत्पादनमा २७ प्रतिशतको योगदान छ भने दुग्ध क्षेत्रको मात्र योगदान ९ प्रतिशत छ । बालकदेखि वृद्धसम्म पोषण प्राप्तीको मुख्य तत्वको रुपमा दूधलाई लिइदै आइएको छ ।

जन्मदेखि मृत्युपर्यन्त पूजाआजामा पनि दूधको प्रयोग अनिवार्यजसो छ । गत वर्ष मात्र मुलुकभर २१ लाख ६८ हजार मेट्रिक टन दुध उत्पादन भएको छ भने प्रतिव्यक्ति दुध उपभोग दर ७४ किलो पुगेको छ । एफएओको मापदण्ड अनुसार स्वच्छ मानिसले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दुध उपभोग गर्नुपर्ने हुन्छ ।

नेपाल दुधमा आत्मनिर्भर नजिक छ । दुध मात्र नभइ नेपालमा दहि, घ्यु, पनिर, चिज, मिठाई, महि, छुर्पि, पुष्टकारी, खुवा, लस्सी आदि दुग्ध पदार्थको उपभोग पनि बढ्दो क्रममा छ ।

नेपालमा गाई र भैसीको दुध बढी प्रयोग गर्ने गरिन्छ । भैंसीको दूध बढी फ्याट भएकाले बाक्लो हुन्छ भने गाईको दूध अलिक पातलो हुन्छ । नेपालमा व्यवासायीक रुपमा विक्री गरिने दूधमा प्रतिलिटर ३ प्रतिशत फ्याट र ८ प्रतिशत ठोस (एसएनएफ) हुनु पर्ने कानूनी प्रावधान छ।

नेपालमा दुग्ध उत्पादनमा करिव ५ लाख कृषक परिवार आवद्ध रहेको र ३० हजार भन्दा बढी उद्योग स्तरमा रोजगार रहेको तथ्यांक छ । दैनिक ५ करोडभन्दा बढी रकम शहरबाट गाउँ प्रवाह हुने क्षेत्रको रुपमा लिइने यो क्षेत्रको दैनिक उत्पादन ६२ लाख लिटर छ ।

उत्पादिन दूधमध्ये ५० प्रतिशत कृषक परिवारमा खपत हुने र बाँकी ५० प्रतिशत मात्र व्यवसायीक रुपमा विक्री वितरण हुने गरेको छ । व्यवसायीक कारोबार हुने भध्ये १७ प्रतिशत मात्र औपचारिक रुपमा उद्योगमा प्रशोधन भएर बजारमा गइरहेको छ भने ३३ प्रतिशत अनौपचारिक रुपमा विक्री हुदै आएको छ ।

नेपालमा व्यवसायीक दूग्ध उत्पादनको इतिहास

सन् १९१७: राणकालमा युरोपबाट गाई आयात

सन् १९५२: पशु विकास शाखा स्थापना

सन् १९५२: चिज उत्पादन केन्द्र रसुवा

सन् १९५३: सानो दुग्ध प्रशोधन कारखाना स्थापना, टुसाल,नाला,काभ्रे ।

सन् १९५४: कृषि विभागमा दुग्ध विकास शाखा स्थापना

सन् १९५५: दुग्ध विकास आयोग गठन

सन् १९५६: केन्द्रिय दुग्ध प्रशोधन कारखाना(५०० लि÷घन्टा क्षमता ) लैनचौरमा स्थापना

सन् १९६२ ःदुग्ध विकास आयोग दुग्ध विकास बोर्डमा परिणत

सन् १९६६: पशु विकास तथा पशु स्वास्थ्य विभागको स्थापना

सन् १९६९: दुग्ध विकास संस्थानको स्थापना

सन् १९७३ – १९८०: विराटनगर, हेटौडा, काठमाण्डौ र पोखरामा दुग्ध वितरण आयोजना स्थापना

सन् १९७०ः नीजि उद्यमीहरुको आगमन

सन् १९८०: दुग्ध उत्पादक संस्था/सहकारी संस्थाको सुरुवात

सन् १९९२: राष्ट्रिय दुग्ध विकास बोर्ड

सन् १९९५: विराटनगरमा धुलो दुध कारखाना

सन् १९९८ः निजि डेरीहरुको छाता संगठन नेपाल डेरी एसोसिएसनको स्थापना

सन् २००८– ०९: पोखरा र चितवनमा निजी क्षेत्रबाट धुलोदुध कारखाना स्थापना

सन् २०१८: केन्द्रिय पशुपंक्षी पालक सहकारीसंघको स्थापना

सन् २०१९: ७ प्रदेशमा प्रदेश दुग्ध विकास वोर्ड गठन हुन शुरु



प्रतिक्रिया दिनुहोस !