काँग्रेस संसदीय दलको बैठक बस्दै
प्रकाशित मिति : 31 January, 2025 9:12 am
काठमाडाैँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ८ बजेबाट संसद भवनस्थ्ति ल्होत्से हलमा सुरू हुनेछ । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।
आजबाट संसदको हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ ।








