२७ माघ २०८१, आइतबार

संसदको पहिलो बैठकमै रास्वपाले गर्‍यो बिरोध

प्रकाशित मिति :  31 January, 2025 1:25 pm


काठमाडौँ ।  प्रतिनिधि सभाको हिँउदे अधिवेशन आजबाट सुरू भएको छ । तर पहिलो बैठक सुरू हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उभिएर बिरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।

उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई आग्रह गरेका छन् । तर रास्वपा सांसदहरुले उभिएर बिरोध गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !