३ पुस २०८२, बिहिबार

संसद बैठक बहिस्कार गरेर बाहिरिए रास्वपाका सांसद

प्रकाशित मिति :  31 January, 2025 1:49 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।

सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरेका हुन् । लामो समयसम्म पनि उभिएरै उनीहरूले बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरू बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !