३ पुस २०८२, बिहिबार

संविधानमा आवश्यक संशोधन गर्नका लागि सरकारको प्राथमिकता छः प्रधानमन्त्री

प्रकाशित मिति :  31 January, 2025 2:33 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा आवश्यक संशोधन गर्नका लागि सरकारको प्राथमिकता रहेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै संविधान प्रारम्भ पछि देखा परेका सबल र दुर्बल पक्ष र अभ्यासका क्रममा देखिएका जटिलताको समीक्षा गरेर राजनैतिक स्थायित्वको लागि संविधानमा संशोधन गर्ने आवश्यकता रहेकाे बताएका हुन् ।

उनले थपे, “यसका लागि सरकारमा रहेका प्रमुख दलहरू, नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञहरूलाई सम्मिलित गरेर आन्तरिक अध्ययन कार्यदल बनाएका छन्।” यस कार्यदलले संविधान संशोधनका विषयमा गहिरो अध्ययन गर्नेछ र सरकारपक्षीय दलहरूसँगको छलफलपछि संविधान संशोधनका विषय पहिचान गरिनेछ।

उनले थपे, “विभिन्न दल र सरोकारवालासँग सघन विमर्श गरेर संविधान संशोधनका आवश्यक विषयहरू पहिचान गरिनेछन्।”

संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, र छलफल तथा बहसका आधारमा सरकारले साझा धारणा निर्माण गरेर त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्ने प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारे।



प्रतिक्रिया दिनुहोस !