सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस दृढ छः सभापति देउवा
प्रकाशित मिति : 31 January, 2025 3:18 pm

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र काँग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार गठन भएको दाबी गरे । उनले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताए । सरकार सुशासन कायम गर्दै आर्थिक अन्नतिको क्षेत्रमा अघि बढिरहेको सभापति देउावले बताए ।
सरकारले विगत छ महिनामा गरेका कामहरु सकारात्मक रहेको दाबी गर्दै उनले भविष्यमा राम्रो प्रगति हासिल हुने अनुभुति गरेको बताए ।