३ पुस २०८२, बिहिबार

अध्यक्ष राउतको आरोपः संसदको साँचो सरकारसँग हुँदो रहेछ, सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ

प्रकाशित मिति :  31 January, 2025 4:58 pm


काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले साँचो नै सरकारले बोक्ने हुँदा संसद सुचारु हुन ढिलाइ हुने गरेको बताएका हुन् । उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोहीअनुसार काम नहुने गरेको बताए ।

सरकारले अधिवेशन नबोलाउँदासम्म संसद सुचारु नहुने कुरा हो भने पुनःर्विचार गर्न आवश्यक भएको बताए ।

संसद किन खुलिरहेको छैन भनेर सोच्दा । हामी त शक्ति पृथकीकरण भन्छौँ । व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्नसक्ने भनेर मान्छौँ । तर यहाँ हुँदा के रहेछ भने संसदको पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारु नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ । सरकारले नै संसदको पनि साँचो राखिदिएपछि र संसद पनि सरकारले चलाएपछि बल्ल चल्ने नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कामर्यक्रम भए नचल्ने, शिर्ष नेतालाई हाच्छ्युँ आइदिँदा संसद नै रोक्नुपर्ने यस्तो हो भने पुनःविचार गर्नुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !