सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी
काठमाडाैँ । सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आइतवार विश्व सिमसार दिवस मनाएको छ ।
सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवद्र्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताए ।
उनले नेपालका सयौं तालतलैयाहरू सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।उनले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।उनले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पु¥याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताए ।
“सिमसारको रुपमा नेपाल अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिँदै आएको छ । नेपालको हिमाल, पहाड र तराईमा सिमसारका महत्वपूर्ण क्षेत्रहरु छन् । म आफैँ पनि मुगु जिल्ला र विशेषगरी रारा ताल सिमसार र रामसार क्षेत्रमा सूचिकृत भएको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन हामी गर्नसक्छौं । सिमसारसँग जोडिएका विभिन्न पारिस्थितिय प्रणालीहरू र सबै पक्षहरूको संरक्षण जरुरी छ । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण भुमिका खेल्ने नै छ र हामी सबै लागेर सिमसारको संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्छ,”उनले भने ।
उनले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताए ।







