२७ माघ २०८१, आइतबार

समय तोकेर समाजवाद निर्माणको जिम्मेवारी दिनुस्, समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छुः वामदेव गौतम

प्रकाशित मिति :  2 February, 2025 4:14 pm


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताएका हुन् । उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरू पूरा बताए ।

उनले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए । उनले अध्यादेश नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय नभएको बताए ।

उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताए । उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए ।उनले खिचडी राजनीतिलाई बिहष्कार गर्न सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !