३ पुस २०८२, बिहिबार

काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु होः अध्यक्ष लिङ्देन

प्रकाशित मिति :  2 February, 2025 5:20 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्र्रेस, नेकपा एमाले र नेकपा-माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिनै पार्टी र नेतृत्वमा रहेकाहरुबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागि हुनु भएको टिप्पणी गरे । उनले मुलुक करिब साढे तीन दशकदेखि काँग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भएपनि मुलुकको विकास हुन नसकेको बताए ।

उनले राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने अभियानमा सहभागि हुन सबैमा अपिल समेत गरे । उनले आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको बताए ।

उनले आफूले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर राजनीति गरिरहेको उल्लेख गर्दै उक्त कुरा राप्रपाको सिद्धानन्तको रुपमा स्थापित भइसकेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !