गण्डकीमा भोलि सार्वजनिक बिदा
प्रकाशित मिति : 3 February, 2025 1:38 pm

काठमाडौँ । गण्डकी सरकारले भोलि (मंगलबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।
प्रदेश सरकारको यो निर्णयले सरकारी तथा गैर-सरकारी कार्यालय, शैक्षिक संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा लागू हुनेछ।