२७ माघ २०८१, आइतबार

टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन नागरिक उन्मुक्तिको मधेसवादी दलहरूसँग आग्रह

प्रकाशित मिति :  3 February, 2025 5:54 pm


काठमाडाैँ ।नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेसवादी राजनीतिक दलहरूको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ ।

सोमवार सिंहदरबारमा मधेसवादी ८ राजनीतिक दलहरुको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताए ।

उनकाअनुसार बैठकमा नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाका बारेमा विभिन्न कुराहरू राखेको जानकारी दिए । मधेसवादी ८ राजनीतिक दलहरु मिलेको मोर्चाको नामका बारेमा पनि बैठकमा छलफल भएको बताए। समान मुद्दा बोकेका राजनीतिक दलहरुको बैठक र एक आपसमा छलफल हुनु स्वभाविक भएको बताए ।

मोर्चाले विशेषतः समान मुद्दालाई संसद र सरकारसमक्ष कसरी उठाउने भन्ने बारेमा पनि छलफल गरेको बताए । वगतमा भइ आएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेका विषयहरुमा छलफल भएको बताए ।उनले सरकारले ल्याएको समाजिक सञ्जाल सम्बन्धी अध्यादेश समग्रमा राम्रो रहेको बताए । भूमि सम्बन्धी अध्यादेशप्रति भने पार्टीको असन्तुष्टि रहेको बताए।



प्रतिक्रिया दिनुहोस !