समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक रुष्ट छन्ः अध्यक्ष दाहाल
प्रकाशित मिति : 3 February, 2025 6:05 pm

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन् ।
सोमवार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताएका हुन् । उनले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेताहरू नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताए ।
उनले संघीयताका सिद्धान्तहरू आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताए । नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पु¥याउँदा नै संघीयता सफल हुने बताए ।