स्याङ्जाकाे वालिङमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकखण्डमा स्कार्पियो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
गएराति करिब ८ बजे वालिङबाट सिरबानी जाँदै गरेको ग.१ च. ८९१३ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब चार मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित आठ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
दुर्घटनामा घाइते भएका पाँच जनालाई वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेहरूमा ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, ३३ वर्षीया कुमाकला तिवारी, र उनका ११ वर्षीय छोरा कमल तिवारी रहेका छन्। उनीहरूलाई टाउको, ढाड, कुम र छातीमा चोट लागेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको छ। बाँकी तीन जना सकुशल रहेका छन्।