सुनचाँदीको मूल्य वृद्धिः नयाँ उच्चतम मूल्य कायम
प्रकाशित मिति : 4 February, 2025 11:30 am

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १ हजार ९ सय ले उकालो लाग्दै रु १ लाख ६४ हजार ७ सय पुगेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धिको क्रम जारी रहेको छ। सोमबार प्रतितोला रु १ हजार ९ सय १० मा कारोबार भएको चाँदी आज रु २० बढेर रु १ हजार ९ सय ३० मा पुगेको छ।
बजारमा सुनचाँदीको मूल्य बढ्नुका पछाडि अन्तर्राष्ट्रिय बजारको उतारचढाव, मुद्रा विनिमय दर, तथा लगानीकर्ताको रुचिमा आएको परिवर्तन मुख्य कारण मानिन्छ।
मूल्य वृद्धिपछि बजारमा किनमेलको अवस्था कस्तो रहन्छ भन्ने विषयमा व्यवसायीहरूले निकट भविष्यमै स्पष्ट तस्वीर आउने बताएका छन्।