२७ माघ २०८१, आइतबार

राजनीतिक दलहरु गम्भिर नहुँदा संसदले कानून निर्माण गर्न सकेनः सन्तोष परियार

प्रकाशित मिति :  5 February, 2025 3:17 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू गम्भिर नहुँदा संसदले कानून निर्माण गर्न नसकेको बताएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद समेत रहनुभएका प्रमुख सचेतक परियारले राजनीतिक पार्टीहरुले कानून निर्माणको विषयलाई गम्भिरताका साथ लिए संसदले कानून निर्माण ढिलाई नगर्ने उनको विश्वास छ ।

उनले सांसदहरू कै कारण कानून निर्माण सुस्त भएको बताए ।उनले संसद राजनीतिक दलहरुका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु यसमा गम्भिर हुन जरुरी रहेको बताए । विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !