अध्यादेश अस्वीकार गर्नेहरूको तर्फबाट सामुहिक प्रस्ताव पेश हुने, हरेकलाई तीन\तीन मिनेटको समय दिइने
प्रकाशित मिति : 5 February, 2025 6:28 pm

काठमाडाैँ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रूपमा प्रश्ताव पेश गर्ने कार्यसूचि तय भएको छ ।
अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रश्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए । सभामुखसँगको छलफलपछि बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन\तीन मिनेटको समय छुट्याइएको बताए ।
संसदको बैठमा सम्बन्धित मन्त्रीहरुले विधेयकको सम्बन्धमा जवाफ दिने पनि बताए । उनले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिए ।