२७ माघ २०८१, आइतबार

बिहीवारको संसद बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपा संसदीय दलको निर्णय

प्रकाशित मिति :  5 February, 2025 6:32 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन् । उनले दलको बैठकमा तीन वटा एजेण्डाहरू रहेको र जसमा संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताइन् ।

उनले पार्टी सभापति रवि लामाछिनेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताइन् ।  उनले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुङ्गो लगाएको उल्लेख गरिन् ।



प्रतिक्रिया दिनुहोस !