१० चैत्र २०८१, सोमबार

काँग्रेस संसदीय दलको बैठक सुरू

प्रकाशित मिति :  6 February, 2025 11:00 am


काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । 

बिहीवार बिहान संसदको ल्होत्से हलमा बैठक सुरू भएको हो । बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिनेछन्र । गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए ।

सोही विषयमा मन्त्री र पदाधिकारीहरूले आज जवाफ दिनेछन् । साथै आज बस्ने संसदको बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !