काँग्रेस संसदीय दलको बैठक शुरु
प्रकाशित मिति : 6 February, 2025 12:51 pm

काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । बिहीवार बिहान संसदको ल्होत्से हलमा बैठक शुरु भएको हो ।
बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिनुहुनेछ । गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए ।
सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिनुहुनेछ । साथै आज बस्ने संसदको बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रस्तुत हुनेलगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल हुनेछ ।