प्रेस चौतारी नेपालद्वारा वार्षिक पत्रकारिता पुरस्कार घोषणा : प्रधानमन्त्री ओलीद्वारा प्रदान गरिने

काठमाडाैँ । प्रेस चौतारी नेपालले वार्षिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ। हरेक वर्ष माघ २२ गते स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको पुरस्कार यस वर्ष १० औं महाधिवेशनका अवसरमा फागुन २५ गते विराटनगरमा वितरण गर्ने अध्यक्षा गणेश बस्नेतले जानकारी दिए ।
पुरस्कार छनोट समितिको सिफारिसका आधारमा विभिन्न विधामा क्रियाशील तथा अग्रज पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार पुरस्कार वितरण समारोहमा नेकपा (एमाले) का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार हस्तान्तरण गर्नेछन्।
अध्यक्ष बस्नेतका अनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार मातृका पौडेल (रामेछाप) लाई, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेल (कैलाली) लाई, डा. शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की) लाई, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लालबाबु शेख (पर्सा) लाई र रिमा सोमै (पाल्पा) लाई, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार टपेन्द्र कार्की (काठमाडौं) लाई र मालती केसी (सुर्खेत) लाई, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार उषा तामाङ (दोलखा) र रोशनी कठेत (सुनसरी) लाई, चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार गार्डेन राई (सोलुखुम्बु) र हरिश चन्द (डडेल्धुरा) लाई प्रदान गरिने भएकाे छ ।
प्रेस चौतारी नेपालले मुलुकभर पत्रकारिता क्षेत्रका उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गर्दै आएको निरन्तरता दिएको अध्यक्ष बस्नेतले जानकारी छ।