३ पुस २०८२, बिहिबार

ओलीलक्षित प्रचण्डको टिप्पणीः आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैन

प्रकाशित मिति :  6 February, 2025 3:22 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन नरहेको बताएका हुन् । उनले नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल गर्न सुझाव दिए । उनले बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरू गर्न आग्रह गरे ।

उनले संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !