जाजरकोट भूकम्प र असोजको बाढीबाट भएको क्षतिको पुनःनिर्माणबारे श्रोत सुनिश्चिचताको बारेमा जानकारी दिन महामन्त्री थापाको माग
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारसँग विपद्जन्य घटनाहरुबाट भएको भौतिक संरचनाहरको क्षतिको पुनःनिर्माणका लागि श्रोत सुनिश्चितताबारे जवाफ माग गरेका हुन् । उनले यसबारेमा सरकारले सोचेको छ की छैन भन्दै प्रश्न गरे । उनले जाजरकोटको भूकम्पबाट करिव ९२ हजार भन्दा बढी घरहरूकाे पुनःनिर्माण गर्नुपर्ने आँकलन गरिएको तर कतिपय नागरिकले दोस्रो किस्ता समेत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले मंसिर अन्तिमसम्म असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवसको निम्ति अनुदान दिने भनिएपनि अझै कतिपयले पहिलो किस्ता समेत नपाएको गुनासो गरे । महामन्त्री थापाले जाजकरोट भूकम्प, असोजको बाढीका बारेमा गरिएका कामहरुको श्रोत कसरी जुटाउने ? भन्दै सरकारलाई प्रश्न गरे ।








